इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
४५ पटक हेरिएको
Shares
इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा

सारांश

  • मंगलबारे, इलाम, २४ माघ , जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ ।
  • भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो ।
  • विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो ।

मंगलबारे, इलाम, २४ माघ , जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ ।

भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो ।
विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो । अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिनुभयो ।

रु तीन करोड ३० लाखको लागत बनाइएको यो भवनमा निर्माणका केही काम अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम शुरु गरिएको बताइएको छ ।

दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?