खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
३० पटक हेरिएको
Shares
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

सारांश

  • काठमाडौ ।
  • खप्तड लघुवित्त वित्तीय संस्थाले आज भदौ ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ ।
  • कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

काठमाडौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आज भदौ ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति पाएको हो। खप्तडको अधिकृत पूँजी रु।१० करोड, जारी पूँजी रु।४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु।२ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु।४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?