आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता

सारांश

  • काठमाडौं ।
  • नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ ।
  • उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ ।

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् ।

त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ । महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको  उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।

दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बिमा गर्नेमा कास्की जिल्ला अगाडि
स्वास्थ्य बिमा गर्नेमा कास्की जिल्ला अगाडि
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
हावाहुरीबाट घाइते भएकाको अवस्था बुझ्न प्रधानमन्त्री ओली बारामा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै
अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्दै

तपाईंले छुटाउनुभयो कि?