आक्रमणमा परी ११ जनाको मृत्यु
सारांश
- ब्राजिल, २२ मङ्सिर ।
- ब्राजिलमा दुई बैंक लुट्न गरिएको आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ ।
- आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
उत्तरपूर्वी ब्राजिलमा हिजो भएको उक्त आक्रमणमा प्रहरीको गोली लागेर ६ जना लुटेराको मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि मृत्यु भएको छ ।
सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया