आजको मौसमः कतै हावाहुरी, कतै चट्याङसहितको वर्षा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
  • हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
एक इन्जिनियरको स्रोत नखुलेको सम्पत्ति ३ करोड
एक इन्जिनियरको स्रोत नखुलेको सम्पत्ति ३ करोड
अब मधेसमा नेकपा एमाले पहिलो दल बन्छ :पण्डित
अब मधेसमा नेकपा एमाले पहिलो दल बन्छ :पण्डित
आजको बिदेशी मुद्राको बिनिमय दर
आजको बिदेशी मुद्राको बिनिमय दर
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु
गीत संगीतमा राधिकाको दोस्रो इनिङ
गीत संगीतमा राधिकाको दोस्रो इनिङ
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति

तपाईंले छुटाउनुभयो कि?