ज्यानमारा बन्न थाल्यो ऋण

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
ज्यानमारा बन्न थाल्यो ऋण

सारांश

  • भक्तपुरमा एकै परिवारका तीनजनाको रहस्यमयी मृत्युको हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
  • मृतक सुदीप अधिकारीले रोजगारी गुमाएका र ऋणमा डुबेको खुलेको छ ।
  • कृषि विकास बैंक र ससुरालीबाट गरी २५ लाख ऋण लिएका सुदीप तनावमा थिए ।

भक्तपुरमा एकै परिवारका तीनजनाको रहस्यमयी मृत्युको हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ । मृतक सुदीप अधिकारीले रोजगारी गुमाएका र ऋणमा डुबेको खुलेको छ ।

कृषि विकास बैंक र ससुरालीबाट गरी २५ लाख ऋण लिएका सुदीप तनावमा थिए । घरझगडा परिरहन्थ्यो । यही तोडमा उनले पत्नी सम्झना अधिकारी र छोरा सुशास्त अधिकारीको हत्या पछि आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
भक्तपुर जस्तै गत वर्ष त्रीशुलीको भेलमा एकै परिवारका चारजना हामफालेका थिए । २ माघमा धादिङ र गोरखा जोड्ने बेनिघाटको पुलमा भएको घटनामा चन्द्रागिरी नगरपालिकाका विनय लामिछाने कमोडिटी बिजनेशमा रकम डुबाउन पुगेका थिए । ऋण थेग्न नसकेपछि उनले पत्नीसहित आत्महत्या गर्ने योजना बनाएका थिए ।

विनय र पत्नी जमुना रेग्मीले दुई छोरालाई समातेर धादिङको बेनिघाट रोराङ १ स्थित झोलुंगे पुलबाट हामफालेका थिए । गोरखा ससुरालीबाट फर्कदै गर्दा त्रीशुलीको भेलमा फाल हालेकामध्ये विनय बचेका थिए । पत्नी र दुई छोरा भने बचेनन् । यसरी ऋणमा डुबेका विनयले दुई छोरा र पत्नीको ज्यान लिए ।

पछिल्लो समय ऋण नै ज्यानमारा बन्न थालेको छ । अति महत्वाकांक्षी हुँदा क्षमताभन्दा बढी ऋण लिनेहरु बढेका छन् । गलत ठाउँमा लगानी गर्दा रकम डुब्ने गरेकोले धेरैको घरबास उठिबास लागेको छ । जसका कारण आत्महत्या देखि परिवार नै सखाप पार्नेहरु समेत भेटिएका छन् । विनय लामिछानेले पत्नी र दुई छोरालाई त्रीशुलीमा बगाएर आफूले पनि आत्महत्या गर्न खोज्नुको कारण दुई करोड ऋण थियो । जुन उनले मिटर ब्याजीसँग लिएका थिए । ती व्यक्तिहरुको नाम समेत सुसाइड नोटमा उल्लेख थियो ।

२०७४ सालको कात्तिक महिनाको पहिलो हप्ता कैलालीको गोदावरी नगरपालिकाका विश्वेश्वर जोशीले छोरा अरल जोशीको समेत हत्या गरी आत्महत्या गरेका थिए । उनले सुसाइड नोटमा आफूले आठ वर्षीय छोराको हत्या गरी आत्महत्या गरेको उल्लेख गरेका थिए । सुसाइड नोटमा उनले धेरै ऋण लागेको लेखेका थिए ।

विगतमा ऋणमा डुबेर प्रहरी अधिकृतहरुले समेत आत्महत्या गरेको घटना छ । ऋणकै कारण तत्कालिन प्रहरी अधिकृत कञ्चन थापाले एक दशकअघि आत्महत्या गरेका थिए ।

बैंकबाट ऋण लिनेहरुले कागजपत्र मिलाउने तर अन्य ठाउँमा लगानी गरेर डुब्ने गरेको घटना पनि छ । सहकारी तथा फाइनान्सले सजिलै ऋण दिने गर्दा पनि समस्या बढेको छ । कतिपय अवस्थामा मिटरब्याजीबाट ऋण लिनेहरु पनि छन् । यसरी ऋण लिएर डुब्ने गरेका छन् । मिटर ब्याजीहरुले हैरान कटाउने गर्दा पनि आत्महत्या गर्नेहरु भेटिन थालेका छन् । मिटर ब्याजीहरु ज्यानै लिने सम्मका छन् ।

ऋणमा डुबेर आत्महत्या गर्नेहरुमा जनप्रतिनिधि समेत छन् । कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको थियो । ६८ वर्षीय खड्का भारतको बहराइचस्थित शंकर होटलको कोठामा २९ पौष २०७६ मा मृत अवस्थामा भेटिएका थिए । उनले सुसाइड नोटमा समेत ऋणकै विषय उल्लेख गरेको भेटिएको थियो । उनी २० लाख ऋणमा थिए ।

गोंगबुमा साउनको अन्तिम साता एक पुरुषको हत्याको घटना पनि ऋणसँग जोडिएको छ । मृतक कृष्णबहादुर बोहराले अभियुक्त कल्पना मुठभरी पौडेललाई ऋण दिएको र फिर्ता गर्न नमानेपछि हत्या गरेको खुलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर
पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
दोस्रो हारसँगै नेपालको एएफसी कपमा छनोट हुने सम्भावना सकियो
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
Manoj Bajpayee and Aisha Sharma joins John Abraham in the latest poster of ‘Satyameva Jayate’!
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली