सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
सर्वोच्चका गतिविधिहरु अब मोबाइल एपमा

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतका गतिविधिहरुको जानकारी अब मोबाइल एपबाट नै लिन सकिने भएको छ ।
  • सर्वोच्च अदालतले विहीबार मोबाइल एपको सार्वजनिक गरी वेबसाइटबाट गर्न सकिने कार्यहरु मोबाइल एपको माध्यमबाट सहज तरिकाले प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतका गतिविधिहरुको जानकारी अब मोबाइल एपबाट नै लिन सकिने भएको छ । सर्वोच्च अदालतले विहीबार मोबाइल एपको सार्वजनिक गरी वेबसाइटबाट गर्न सकिने कार्यहरु मोबाइल एपको माध्यमबाट सहज तरिकाले प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

मोबाइल एपको सार्वजनिक गदै प्रधानन्यायधीश गोपाल पराजुलीले मोबाइल एपको प्रयोगबाट स्मार्ट कानून सिष्टमको शुभारम्भ भएको बताए ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको मोबाइल एपबाट दैनिक पेशी, साप्ताहिक पेशी, लगायत महत्वपूर्ण आदेश तथा फैसलाहरुको जानकारी लिन सकिन्छ । सेवाग्राहीहरुले आफ्नो मुद्धाको विभिन्न चरणहरु मोबाइल एपको माध्यमबाट खोजेर हेर्न सक्ने व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?