आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
सारांश
- काठमाडौं ।
- आजदेखि काठमाडौंमा सरकारी वकीलहरुको सम्मेलन हुँदैछ ।
- नयाँ बनेको अपराधसंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुन लागेको हो ।
काठमाडौं । आजदेखि काठमाडौंमा सरकारी वकीलहरुको सम्मेलन हुँदैछ । नयाँ बनेको अपराधसंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।
भदौ १ बाट लागू भएको मुलुकी अपराधसंहिताको कार्यान्वयन प्रभावकारी बनाई कानुनको शासन कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।
‘दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ। सम्मेलनमा ३ सय बढी सरकारी वकिलको सहभागिता रहने बताइएको छ। सम्मेलनमा पर्यवेक्षकको रुपमा न्यायपालिका, नेपाल प्रहरी, नेपाल बार, मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताको कार्यालयबाट विधिविज्ञान विज्ञ सहभागी हुनेछन्।
प्रतिक्रिया