झन् चुनौती बन्दै भेरी अस्पतालको फोहर व्यवस्थापन
सारांश
- नेपालगञ्ज ।
- बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ।
- अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ।
नेपालगञ्ज । बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ।अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ।तराई मानव अधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’ को पहलमा विज्ञको टोलीले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन वैज्ञानिक र व्यवस्थित नभएको निष्कर्ष निकालेको छ ।अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाडामा चिह्न नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उपप्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले बताए ।
अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पर्ने निष्कर्ष अध्ययनले निकालेको छ ।यस सम्बन्धमा सो अस्पतालका प्रमुख डा। रुपानन्द अधिकारीसँग सम्पर्क राख्दा उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले फोहर लिन नमानेपछि समस्या आएको गुनासो गरे।“यो समस्या हाम्रो अस्पतालको मात्र होइन, नेपालगञ्जका सबै अस्पतालको अवस्था अहिले यस्तै छ । उपमहानगर पालिकाले कुनै अस्पतालको फोहर पनि सङ्कलन गरेको छैन”, उनको भनाइ थियो ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम अस्पतालजन्य फोहर अन्य फोहरसँग मिसाउन पाइँदैन । त्यसका लागि सबै अस्पतालमा फोहर प्रशोधन प्लान्ट हुनु आवश्यक छ तर, नेपालगञ्जका कुनै पनि अस्पतालले प्लान्टको व्यवस्था गरेका छैनन् । नेपालगञ्जमा करीब ३० टन फोहर भण्डारण गर्न सक्ने डम्पिङसाइट भए पनि अस्पतालको फोहर नेपालगञ्ज उपमहानगरपालिकाले उठाएको छैन । “अरु फोहरसँग अस्पतालजन्य फोहर मिसाउनै पाइँदैन ।त्यसैले यो अवस्था आएको हो, तै पनि हामी अरु के उपाय गर्न सकिन्छ त्यसमा छलफल गर्दैछौँ”, नगर प्रमुख डा। धवलशम्शेर राणाले भने ।
प्रतिक्रिया