१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या

सारांश

  • झापा, ७ माघ ।
  • झापाको अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले गएराति श्रीमतीको हत्या गरेका छन् ।
  • इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

झापा, ७ माघ । झापाको अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले गएराति श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?