सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी

सारांश

  • काठमाडौं ।
  • पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।
  • पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन ।

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन ।

धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय विजय ज्ञवालीले जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति हुन नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएका छन ।

सीजी सिमेन्टका प्रतिनिधि पदमबहादुर सिंहले अहिले सुरुवाती चरणका काम भइरहेकाले केही समस्या भएको स्वीकार्दै केही समयमा नै प्राविधिकहरु बोलाएर समस्या समाधान गर्ने बताएका छन् ।

गाउँको शिक्षा, स्वास्थ्य र स्थानीयबासिन्दाको रोजगारीप्रति कम्पनी सचेत रहेको भन्दै उनले स्थानीय बासिन्दाकै सहयोगमा उद्योग चलाउन आफूहरु तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?