आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
  • विदेशी मुद्रा सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो ।
  • राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्याधिक माग रहेको छ । छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अत्याश्यक बाहेक गाडी लगायतका बस्तुको आयातमुखी कर्जा कम गर्न पनि बैंकहरुलाई आग्रह गरेको जानकारी दिनुभयो । गएको साउनदेखि माघसम्म सात महिनाको अवधिमै अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा पुगेकोले यसबेला आयातलाई कडाइ गर्नुपर्ने बाध्यता रहेको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

हिजो आकस्मिक रुपमा बोलाइएको छलफलमा राष्ट्र बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षण । विनिमय व्यवस्थापन विभागका प्रमुखहरुले वाणिज्य बैंकका सीईओहरुलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?