आज चीनसँग हुँदैछ यी सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आज चीनसँग हुँदैछ यी सम्झौता

सारांश

  • चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा आज महत्वपूर्ण सम्झौता हुँदैछ ।
  • रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुनेछ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा आज महत्वपूर्ण सम्झौता हुँदैछ । रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार , रेलमार्गको डीपीआर बनाउने, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता गर्ने तयारी छ ।

नेपाल–चीनबीच गत वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । चीनतर्फको बन्दरगाह जोड्न नेपालतर्फ सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानाका प्रयोग गर्न सकिन्छ । सडक र रेलबाहेक अन्य केही आयोजनाका लागि पनि सम्झौता हुनेछ ।

मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनामा आर्थिक सहयोग गर्नेसम्बन्धी सम्झौता हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?