आज देशैभर मौसम कस्तो होला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आज देशैभर मौसम कस्तो होला ?

सारांश

  • पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै र घट्दै जाने मौसमविदले जनाएका छन् ।
  • दिउँसो पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै र घट्दै जाने मौसमविदले जनाएका छन् । दिउँसो पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ । यस्तै मध्य क्षेत्रका केही पहाडी भूभागमा पनि बदली हुने मौसमवीदको अनुमान छ ।

पूर्वी पहाडी क्षेत्रमा केही स्थानमा छिटफुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो घाम लाग्ने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा मंगलबार रातिदेखि लागेको बादल दिउँसो मात्रै खुल्ने सम्भावना छ । बिहान न्यूनतम तापक्रम ४.५ डिग्री रहेको काठमाडौँमा दिउँसो बढेर १९ देखि २१ डिग्री पुग्ने अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?