निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

सारांश

  • भीमदत्तनगर।
  • कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।
  • जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच÷पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ।

भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच÷पाँच लाख धरौटीमा रिहाइको आदेश गरेको छ।

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ । त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि रु चार÷चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले जानकारी दिए।

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई रु तीन लाख ५० हजार र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई रु तीन लाख तथा प्रहरी जवान चाँदनी साउदलाई रु २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए।

“अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।” जिल्ला अदालतका डिठ्ठा बोगटीले भने, “फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।” उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए। साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
शान्ति सेनामा फोर्स कमाण्ड (नेतृत्व) गर्ने कुरामा नेपाली सेना सक्षम छ : रक्षामन्त्री ईश्वर पोखरेल
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
गोरखामा मुसाले मतपत्र काटेको आशंका, मुसाले खाएको मतपत्र गन्ने सहमति
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
जाडोमा पसिना छुटाउने सोफी चौधरीका हट फोटोहरु
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द

तपाईंले छुटाउनुभयो कि?