तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
४० पटक हेरिएको
Shares
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक

सारांश

  • –कृष्ण दवाडी नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वा्धिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ ।
  • यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।
  • प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए ।

–कृष्ण दवाडी
नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वा्धिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो ।

प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए । आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ । ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए ।

त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो । श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ेको फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ ।

त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धा्रित दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले सर्वा्धिक पदक जितेकामा प्रशिक्षक सानुभाइ पौडेलले खुशी व्यक्त गर्नुभयो । खेलाडीले डटेर खेलेकाले नै बलियो टोली भारतलाई पदक तालिकामा पछि पार्न सम्भव भएको बताउँदै उहाँले पाँच पदक आश गरेकोमा त्यो भन्दा बढी पदक जितेकोमा खेलाडीको प्रशंसा गर्नुभयो ।

डुआथलनमा स्वर्ण विजेता टमाटाले आवश्यक खेल सामग्रीको अभावमा समेत आफूहरुले देशको नाम राख्नुपर्दछ भनेर मेहनत गरेर खेलेको बताउनुभयो । प्रतियोगिताको आज समापनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता खेलाडीलाई पदक वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद रु एक लाख, रजतलाई रु ५० हजार र कास्य पदक विजेतालाई रु २५ हजार दिने घोषणा गर्नुभएको छ । त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश रु २५ हजार, १५ हजार र रु १० हजार पुरस्कार दिने बताउनुभएको छ ।

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
विदेश जाने अनुमति पाए सलमानले
विदेश जाने अनुमति पाए सलमानले
पौने सात करोड पचाउन नेताको घरदैलोमा !
पौने सात करोड पचाउन नेताको घरदैलोमा !
राजनीतिको प्रयोगशाला मात्रै बन्दै आयो प्यूठान
राजनीतिको प्रयोगशाला मात्रै बन्दै आयो प्यूठान
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने
तेस्रोलिङ्गीको विषयमा ‘गुलाबी’ बन्ने