आज लोकतन्त्र दिवस मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
५४ पटक हेरिएको
Shares
आज लोकतन्त्र दिवस मनाइँदै

सारांश

  • काठमाडौं, ११ वैशाख, आज लोकतन्त्र दिवस ।
  • २०६२-०६३ को आन्दोलनको उपलब्धि वैशाख ११ लाई मान्दै आज लोकतन्त्र दिवस मनाइँदैछ ।
  • तत्कालीन राजा ज्ञानेन्द्र विरुद्ध उर्लिएको आन्दोलनले २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना भएको थियो ।

काठमाडौं, ११ वैशाख, आज लोकतन्त्र दिवस । २०६२-०६३ को आन्दोलनको उपलब्धि वैशाख ११ लाई मान्दै आज लोकतन्त्र दिवस मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र विरुद्ध उर्लिएको आन्दोलनले २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना भएको थियो । २०६३ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक दल एकैठाउँमा भएका थिए ।

सडकमा मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भएका थिए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्रको रुपमा दिवस मनाउने गरिएको छ।

२०६३ जेठ ४ मा पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गरेको थियो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। लोकतन्त्रको जगमा २०६४ चैत २८ मा पहिलो संविधानसभा निर्वाचन भएको थियो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षको राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो ।

त्यसपछि २०७० मंसिर ४ मा दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । लोकतन्त्र दिवसमा दिंदै आएको विदा सरकारले यसपटक देखि कटौति गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको
सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
१ महिनादेखि ७ वर्षीया बालिकाको बलात्कार
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला
शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला
कांग्रेस, नेकपा र राजावादीबाहेक सबै दलसँग एकता गर्ने नयाँ शक्तिको रणनीति
कांग्रेस, नेकपा र राजावादीबाहेक सबै दलसँग एकता गर्ने नयाँ शक्तिको रणनीति
भोजपुरमा जिपी फाउण्डेशन
भोजपुरमा जिपी फाउण्डेशन
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो