छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंतिहारपछिको पर्व छठको उपलक्ष्यमा शुभकामा दिएका छन् ।
- सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंतिहारपछिको पर्व छठको उपलक्ष्यमा शुभकामा दिएका छन् । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ। यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ ।’
प्रधानमन्त्रीले सूर्यको प्रकाशबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने सन्देशमा उल्लेख गरेका छन्। ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ।
छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको बताएका छन् । प्रधानमन्त्रीले छठ पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यगरी तराईमा मनाइने छठ अन्य भागमा समेत मनाइन थालेकोमा खुसी व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सुत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली गोलबद्ध हुन अपिल गरेका छन्।
प्रतिक्रिया