आज विश्वासको मत लिदै देउवा, देउवाको पक्ष र विपक्षमा कति सांसद पुग्लान् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३, २०७८
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आज विश्वासको मत लिने भएका छन् ।
  • दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
  • विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद सचिवालयमा दर्ता भइसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आज विश्वासको मत लिने भएका छन् । दोस्रो पटक पुनःस्थापित संसदको पहिलो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद सचिवालयमा दर्ता भइसकेको छ ।

देउवाको पक्षमा यसअघि प्रधानमन्त्रीका लागि प्रस्तावमा हस्ताक्षर गर्दा १४९ सांसद थिए । एमालेको माधवकुमार नेपाल पक्षबाट २६ मध्ये पछि ३ जनाले हस्ताक्षरबाट पछि हटेका थिए ।

यथास्थितिमा देउवाको पक्षमा नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्षको २३, जसपाको उपेन्द्र यादव पक्षधर १८ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रतिनिधि सभामा कुल सांसद संख्या १६७ रहेकोमा देउवाले १३४ सांसदको साथ पाए पुग्छ । उनलाई अहिले १५२ सांसदको साथ देखिन्छ । यसकारण देउवाले विश्वासको मत पाउने सम्भावना बलियो छ ।

देउवालाई मत दिनेमा नेकपा एमालेको माधव पक्ष र जसपाको उपेन्द्र यादव पक्षका सांसदको मत तलमाथि हुन सक्छ ।

देउवाको विपक्षमा नेकपा एमालेको केपी शर्मा ओली पक्षका ९८, जसपाको महन्थ ठाकुर पक्षधर १४, राप्रपाका १ र नेमकिपाका १ सांसद छन् । कुल ११४ सांसद देउवाको विक्षमा देखिएका छन् । तर, राप्रपा र नेमकिपा मतदानमा तटस्थ बस्न सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो
उपसभामुखले आज पदबाट राजीनामा दिने
उपसभामुखले आज पदबाट राजीनामा दिने
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
आज मध्य तथा पश्चिममा पानी, हिमाली भेगमा हिउँ पर्ने
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
माधव नेपाल र झलनाथले ओलीमाथि लगाए यस्तो गम्भिर आरोप
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजारभन्दा बढी
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला ?
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान