भारत न्यूजिल्याण्डसँग पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भारत न्यूजिल्याण्डसँग पराजित

सारांश

  • महेन्द्र सिंह ध्वनी र जडेजाले भरपूर प्रयास गरेपनि भारतलाई विश्वकप क्रिकेटको फाइनलमा पुर्याउन सकेनन् ।
  • वर्षाले प्रभावित खेल आज पनि चल्दा न्युजिल्याण्डले आठ विकेटको क्षतिमा दुई सय ३९ रनको मध्यम स्कोर बनाएको थियो ।
  • खेल जित्ने धुनमा उत्रिएको भारत असफल सावित भयो ।

महेन्द्र सिंह ध्वनी र जडेजाले भरपूर प्रयास गरेपनि भारतलाई विश्वकप क्रिकेटको फाइनलमा पुर्याउन सकेनन् । वर्षाले प्रभावित खेल आज पनि चल्दा न्युजिल्याण्डले आठ विकेटको क्षतिमा दुई सय ३९ रनको मध्यम स्कोर बनाएको थियो ।

खेल जित्ने धुनमा उत्रिएको भारत असफल सावित भयो । भारतका स्टार ब्याटस्म्यानहरु एकपछि अर्को आउट हुँदा भारत २ सय २१ रनमा अलआउट भयो । आजको खेलमा न्युजिल्याण्डका बलरहरु महङ्गो सावित भएका थिए ।

भारतका लागि जडेजाले सानदार प्रदर्शन गरेपनि टोलीलाई जिताउन सकेनन् । अन्तिम प्रयास गरिरहेका पूर्व कप्तान ध्वनी आउट भएपछि भारतको आशा निराशामा परिणत भएको थियो । न्युजिल्याण्डले फाइनलमा अष्ट्रेलिया र आयोजक इंग्ल्याण्डको विजेतामध्येको टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?