आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २, २०७७
|
|
३० पटक हेरिएको
Shares
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने

सारांश

  • मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ ।
  • बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ ।
  • प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय लिनेछ ।

मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे निर्णय लिनेछ । लकडाउन एक हप्ता देखि दुई हप्तासम्म लम्ब्याउनेबारे निर्णय हुने स्रोतले जानकारी दियो ।

पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । भारतमा लकडाउनको समय थप्ने तयारी भइरहेको छ । १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन् ।

कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउनलगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?