आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसमा सांसद एवं नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिहं केसीले आफूलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा परेको उजुरीप्रति गम्भिर असन्तुष्टि जनाएका छन् ।
  • उनले नुवाकोट कांग्रेसकै केही जिम्मेवार व्यक्तिहरुको उक्साहटमा वदलियतबस उजुरी हाल्न लगाइएको भन्दै उक्त आरोप पुष्टि गरेर देखाउन चुनौती समेत दिए ।

काठमाडौं । नेपाली कांग्रेसमा सांसद एवं नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिहं केसीले आफूलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा परेको उजुरीप्रति गम्भिर असन्तुष्टि जनाएका छन् । उनले नुवाकोट कांग्रेसकै केही जिम्मेवार व्यक्तिहरुको उक्साहटमा वदलियतबस उजुरी हाल्न लगाइएको भन्दै उक्त आरोप पुष्टि गरेर देखाउन चुनौती समेत दिए ।

उनले ती आरोप पुष्टि गर्ने एउटा मात्र प्रमाण फेला पारे आफूले जिल्ला सभापतिबाट राजीनामा दिने घोषणा समेत गरे । केसीले जिल्ला सभापतिको हैसियतले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउन अहोरात्र खटेपनि जनता र पार्टी भन्दा आफ्नो स्वार्थ पूर्ति गर्न हिँडेका केही समूहले आफूलाई अन्तघातको आरोप लगाएको बताए ।

नुवाकोटको सबै तहमा पार्टीका उम्मेदवारलाई जिताउन असन्तुष्ट पक्षलाई समेत मिलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अनावश्यक हल्ला गरेर उदण्डता प्रर्दशन नगर्न आग्रह गरे । ‘म अहिले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन चुनावी प्रचार–प्रसारमा खटिरहेको छु,’ उनले भने,‘ म बाहिर गएको बेला चलाखीपूर्ण ढंगबाट मेरो चरित्र हत्या गर्न खोजिएको छ त्यो नसोचे हुन्छ म पार्टीको सच्चा सिपाही हुँ ।’

कांग्रेस नुवाकोटको जिम्मेवारी आफूले सम्हालेपछि नै वि.सं २०७० सालको निर्वाचमा तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिँल गर्न सफल भएको स्मरण गर्दै सभापति केसीले अहिले बाहिरबाट नुवाकोटमा कांग्रेस पार्टीलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र भइरहेका बेला पार्टीकै केही गलत नियत बोकेका केही व्यक्तिले सो अभियानमा साथ दिइरहेको र अहिले अनावश्यक मुद्दा उठाएर उजुरी गर्न उक्साउनेहरु नै भोली पार्टीको काराबाहीमा पर्न सक्ने भन्दै जिम्मेवार राजनीति गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?