युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार

सारांश

  • युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा ४१ वर्षीय हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी हुने सर्वेक्षणले देखाएको छ ।
  • निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो ।
  • मत सर्वेक्षणले उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ ।
युक्रेनमा भएको राष्ट्रपतिको निर्वाचनमा ४१ वर्षीय हांस्य कलाकार भोलोदिमर जेलेन्स्की विजयी हुने सर्वेक्षणले देखाएको छ ।निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरिएको मत सर्वेक्षणले हांस्य कलाकार भोलोदिमरले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने देखाएको हो ।

मत सर्वेक्षणले उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोले २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ ।तीन हप्ताअघि भएको पहिलो चरणको मतदानमा पनि जेलेन्स्की सबैभन्दा अगाडि थिए ।  निर्वाचनमा ३९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

दोस्रो चरणमा जेलेन्स्की र वर्तमान राष्ट्रपति पेट्रो पारोसेन्कोबीच प्रतिस्पर्धा भएको थियो । यसैबीच राष्ट्रपति पारोसेन्कोले निर्वाचनमा आफ्नो हार स्वीकार गरेका छन् ।  राजधानी किभमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले हार स्वीकार गरेका हुन् ।

निर्वाचनमा हार भए पनि जनताको भरोसा नछाड्ने र राजनीति पनि नछाड्ने उनले बताए । (एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
अधिवक्ता न्यौपानेद्धारा माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर
सिके राउत काठमाडौंमा डेरा खोज्दै
सिके राउत काठमाडौंमा डेरा खोज्दै
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
मनाेरञ्जन समाचार : अफिसको फोहोरमा फ्याँकिएको कागजका कारण चर्चित निर्देशक राजकुमार हिरानी संकटमा
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण
वर्षाको भल सँगै बग्यो करोडौँ बजेट
वर्षाको भल सँगै बग्यो करोडौँ बजेट
पोन्टिङको टोलीमा सन्दिप लामिछाने
पोन्टिङको टोलीमा सन्दिप लामिछाने