पानीले इँटा बिगा–यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
४० पटक हेरिएको
Shares
पानीले इँटा बिगा–यो

सारांश

  • दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पगेको छ ।
  • जिल्लामा १८ वटा इँटा भट्टा छन् ।
  • नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए ।

दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पगेको छ । जिल्लामा १८ वटा इँटा भट्टा छन् ।

नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए । त्यसै समयमा पानी परेपछि इँटा बिग्रिएको हो । काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा नआउने उहाँले बताउनुभयो ।

पानीका कारण कम्तीमा रु दुई करोड नोक्सान भएको सापकोटाको भनाइ थियो । बल्ल तल्ल जुटाएको माटो र मजदूर फेरि जुटाउनुपर्ने उहाँको भनाइ छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पु¥याएको जानकारी दिनुभयो । नेपालमा एक हजार २५० हाराहारी इँटा उद्योग छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?