आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक प्रसिद्ध !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
आफ्नो पिताको जलिरहेको चिता हेर्दै ६ बर्षिय अबोध बालक  प्रसिद्ध !

सारांश

  • काठमाडौं : आइतबार बिहान प्रकाश दाहालको निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवार पूरै शोकमा डुब्यो ।
  • आर्यघाट पुग्दा पुरै देश नै शोकमा डुबै झै मानव सागर प्रकाशको मलामी बन्न पुग्यो ।
  • प्रकाशको निधनले प्रचण्डले एउटा मात्र छोरा गुमाएनन् उनका अत्यन्तै सहयोगी पात्र गुमाए ।

काठमाडौं : आइतबार बिहान प्रकाश दाहालको निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवार पूरै शोकमा डुब्यो । आर्यघाट पुग्दा पुरै देश नै शोकमा डुबै झै मानव सागर प्रकाशको मलामी बन्न पुग्यो ।

प्रकाशको निधनले प्रचण्डले एउटा मात्र छोरा गुमाएनन् उनका अत्यन्तै सहयोगी पात्र गुमाए । पार्टीका रहेक काममा प्रचण्डसँगै प्रकास सक्रिय हुने गरेका थिए । प्रचण्डसँगै प्रकाशकी आमा सीता, श्रीमतीहरु सिर्जना र बिना गहिरो शोकमा छन् । तर, ६ वर्षीय र तीन वर्षीय प्रकाशका दुई छोरालाई आफ्नै पिता बितेको थाहा छैन । प्रकाशका दुई छोराहरु प्रसिद्ध र प्रणब दाहाल यत्तिबेला प्रचण्ड निवासमा खेलिरहेका छन् ।

६ वर्षका जेठा प्रसिद्ध जेठी बुहारी सिर्जनातर्फका छोरा हुन् भने कान्छा प्रणब कान्छी बुहारी बीनाका छोरा हुन् । उनीहरुको भेट बाबु प्रकाश बितेपछि मात्र हुन पायो । लाजिम्पाट निवासमै हुर्किएका भए पनि उनीहरुको भेट हुन सकेको थिएन । किनकी जब प्रकाशले बिनालाई भित्र्याउने तयारी गरे तब सिर्जनाले लाजिम्पाट निवास छोडिदिइन् ।

सिर्जनाले लाजिम्पाट निवास छाडेर कास्की बसेको ५ वर्ष बितिसक्यो । यसबीचमा बीनातर्फबाट नाति प्रणब जन्मिए। यसरी कहिल्यै भेट नभएका यी दुई अवोध बालकहरु आइतबार साँझ लाजिम्पाटस्थित प्रचण्ड निवासमा भेट भएका हुन् ।

प्रकाशकी जेठी पत्नी सिर्जनासँगै छोरा प्रसिद्ध पनि आर्यघाट पुगे । सिर्जनालाई नै अर्कैले सम्हाल्नु पर्ने भएकाले उनका छाेरा प्रसिद्धलाई माओवादी नेता डिलाराम शर्माले बोके । प्रसिद्धले पिताको जलिरहेको शब माओवादी केन्द्रका नेता शर्माको काखका बसेर हेर्दै टोलाइरहे। यही तस्बिर अहिले सामाजिक सञ्जालमा हृदयविदारक तस्बिरमा रुपमा चर्चामा छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khadga Magar

    Yasto tasbir le kasto man nachhula ta !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?