पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !

सारांश

  • कास्की, २७ जेठ ।
  •   हावाहुरीका कारण आइतबार पोखरामा पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन्।
  • प्याराग्लाइडिङ गर्ने पाइलट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की, २७ जेठ ।  हावाहुरीका कारण आइतबार पोखरामा पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन्।

प्याराग्लाइडिङ गर्ने पाइलट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सराङकोटबाट उडेर आकाशमा रमाउँदै गरेका दुई प्याराग्लाइडर फेवातालमा खसेका हुन् । अन्य तीन प्याराग्लाइडर ताल किनारको जङ्गलमा खसेको वडा कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।

फेवातालमा दुर्घटना भएका प्यारापाइलोटलाई सशस्त्र प्रहरीको उद्धार टोली, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। ताल किनारका जंगलमा खसेका प्यारापाइलोट स्थानीयको सहयोगमा उद्धार गरी घर फर्केको प्रहरीले बताएको छ ।

फेवतालमा माउण्टेट फ्लायर र पिस हिमालयन प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेको प्यारा तालमा खसेको प्रहरीले बताएको छ ।

माउण्टेन फ्लायर पाइलट करण पहारी र भारतको आग्राहाका पर्यटक दिलिप शर्मा, पिस हिमालयन प्याराग्लाइड्रिका पाइलट सुरेश नेपाली र चिनियाँ पर्यटकलाई प्रहरीले तालबाट उद्धार गरेको हो दुर्घटनामा परेको सबै प्यारापाइलट र पर्यटक सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?