आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग-यो: एमाले उपाध्यक्ष ज्ञवाली

सारांश

  • रुकुम, १७ भदौ ।
  • नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभएको छ ।
  • नेता ज्ञवालीले आज बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभयो ।

रुकुम, १७ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभएको छ ।

नेता ज्ञवालीले आज बिहान प्रेस चौतारी रुकुमद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोगले क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र आधार मानेर हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताउनुभयो ।

“आयोगले क्षेत्र निर्धाण गर्दा ३० प्रतिशत भूगोललाई र ७० प्रतिशत जनसंख्यालाई आधार मान्नुपर्ने थियो । तर ९० प्रतिशत जनसंख्यालाई र १० प्रतिशत मात्र भूगोललाई आधार बनाएको छ, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, यसले गर्दा आयोगले विभेद गरेर गम्भीर गल्ती गरेको छ ।”

६ नम्बर प्रदेश संयोजकसमेत रहनुभएका उपाध्यक्ष ज्ञवालीले ६ नम्बर प्रदेशको राजधानी सुर्खेतमा बनाउने र यसको नाम कर्णाली प्रदेश राख्नको लागि एमाले प्रदेश समितिले निर्णय गरिसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?