स्थानीय तह दोस्रो चरणको चुनावको तयारी अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, जेठ २९ – चारवटा प्रदेशमा आउँदो असार १४ गते हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसहित आवश्यक सामग्री पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।
  • दोस्रो चरणको चुनावका लागि आउँदो २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

काठमाडौं, जेठ २९ – चारवटा प्रदेशमा आउँदो असार १४ गते हुने स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको छ ।

सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसहित आवश्यक सामग्री पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको चुनावका लागि आउँदो २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश नं. १, २, ५ र ७ का चारसय ६१ स्थानीय तहमा १४ गते चुनाव हुन लागेको हो । दोस्रो चरणको चुनावका लागि ११ हजार ९ सय भन्दा धेरै मतदान केन्द्र तोकिएका छन् ।

यसैबिच दल दर्ताको लागि छुटेकाहरुले निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने आज अन्तिम दिन हो । राष्ट्रिय जनता पार्टी राजपालाई चुनावमा सहभागी गराउन निर्वाचन सम्बन्धी ऐन संशोधन गरेर हस्ताक्षर बुझाउने मौका दिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?