भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!

सारांश

  • शिखरन्यूज, काठमाडौं, १९ फागुन – भोलि अर्थात आइतबार संघीय संसदको सपथ ग्रहण कार्यक्रम हुँदैछ ।
  • मंसिर १० र २१ मा भएको प्रतिनिधिसभाको चुनावबाट प्रत्यक्षतर्फ र समानुपातिकबाट निर्वाचित,  राष्ट्रियसभामा चुनाव जितेका सदस्यहरुले सपथ लिन लागेका हुन् ।
  • सपथसँगै नयाँ संविधान अनुसार पहिलो संघीय संसदको काम प्रारम्भ हुनेछ ।

शिखरन्यूज, काठमाडौं, १९ फागुन – भोलि अर्थात आइतबार संघीय संसदको सपथ ग्रहण कार्यक्रम हुँदैछ । मंसिर १० र २१ मा भएको प्रतिनिधिसभाको चुनावबाट प्रत्यक्षतर्फ र समानुपातिकबाट निर्वाचित,  राष्ट्रियसभामा चुनाव जितेका सदस्यहरुले सपथ लिन लागेका हुन् । सपथसँगै नयाँ संविधान अनुसार पहिलो संघीय संसदको काम प्रारम्भ हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ सांसद छन् । तीमध्ये ४२ जना सांसदले आआफ्नो मातृभाषामा शपथ लिँदैछन् ।

राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका ३ जना मनोनित सदस्यले भने सपथ लिन नपाउने भएका छन् । देउवा सरकारले सिफारिस गरेका तीनजना सदस्यले सर्वोच्चमा मुद्दा दिएका कारण सर्वोच्चले सपथ रोकेपछि नपाउने भएका हुन् । अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौड्यालले सपथ लिन पाउने छैनन् ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी अहिले अदालतको आदेशमा थुनामा छन् । २०७२ सला भदौ ७ मा कैलाली टीकापुर घटनाका दोषी रहेका सांसद चौधरीलाई प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । चौधरीले थारू भाषामा शपथ गर्ने गरी उनका पार्टीका सदस्यले संसद सचिवालयमा निवेदन दर्ता पनि गराइदिएका छन् । यसअघि सर्वोच्चले अदालती प्रक्रिया छलेर भाग्नेहरुले संविधान, कानुनले दिएको सुविधा उपभोग गर्न नपाउने आदेश गरेको थियो ।

प्रतिनिधिसभाका ३६ जना र राष्ट्रिय सभाका ६ जना गरी ४२ जना सांसदले नेपालीबाहेक आआफ्नो मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयका अनुसार नेपालीबाहेकका भाषामा शपथ लिने चाहने सांसदलाई निवेदन दिन हिजो शुक्रबारसम्मको समय दिएको थियो । नेपाली भाषामा शपथ लिने सांसदले भने कुनै निवेदन दिनु पर्दैन ।

सचिवालयका अनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिंदैछन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिने भन्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?