कोरोनाबाट आज ३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ९७ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित ९७ थपिएका छन् ।

आज १ सय १४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार २ सय ६३ संक्रमित भएपनि २ लाख ६९ हजार ६ सय १९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार ५ सय ८३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २१ लाख ३४ हजार २ सय ६१ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६८ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?