स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
३१ पटक हेरिएको
Shares
स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

सारांश

  • बाँकेको डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप थामिनसक्नु भएको छ ।
  • दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।
  • स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ ।

बाँकेको डुडुवा गाउँपालिकास्थित स्वास्थ्यचौकीमा अहिले सेवाग्राहीको चाप थामिनसक्नु भएको छ । दुई वर्षअघिसम्म वर्षमा नौ हजार बिरामी आउने सो स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको उपचार सेवा निःशुल्क भएपछि वार्षिक २४ हजार बिरामी उपचारका लागि आउने गरेका छन् ।स्थानीय तह गठनपछि सो गाउँपालिकाले आफ्नो मातहतको स्वास्थ्यचौकीमा २०७४ फागुनदेखि निःशुल्क प्रयोगशालासहितको उपचार सेवा उपलब्ध गराउँदै आएकाले सेवाग्राहीको चाप बढेको जनाइएको छ । स्वास्थ्यचौकीका प्रमुख हेमन्त शर्माका अनुसार निःशुल्क प्रयोगशाला सञ्चालन भएसँगै स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या झण्डै तीन गुणाले बढेकाले बिरामीको उपचारका लागि छ स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले यस स्वास्थ्यचौकीका लागि छिट्टै एक चिकित्सक पनि थपिने बताउनुभयो ।उक्त स्वास्थ्यचौकीले निःशुल्क प्रयोगशाला र उपचार सेवा सञ्चालन गरेपछि गाउँपालिका तथा आसपासका नागरिकलाई अब सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
३३ वर्षीय प्रेमीकाका साथ सरकारी निवास सरे बेलायती प्रधानमन्त्री
अख्तियारले समात्यो, लाइसेन्समा भ्रष्टाचार गर्ने १० जनालाई मुद्दा
अख्तियारले समात्यो, लाइसेन्समा भ्रष्टाचार गर्ने १० जनालाई मुद्दा
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन
ओलीले संकटकाल लगाएर भएपनि सत्ता लम्ब्याउने धम्की दिन थालेका छन् : वर्षमान पुन
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय छैन्ः महानिरीक्षक अर्याल
नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय छैन्ः महानिरीक्षक अर्याल
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
प्रतिवेदन संशोधन गर्न महामन्त्रीद्वयमाथि चर्को दबाब
मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव
मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव
स्थायी कमिटि बैठकको सामना गर्दै प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?