समानुपातिक अपडेट : एमाले अघिअघि, कांग्रेस पछिपछि
सारांश
- प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ ।
- समानुपातिकको मतगणना भएदेखि नै अगाडिरहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ ।
- पछिल्लो परिणामअनुसार एमालेले २१ लाख ९ हजार ८८ मत प्राप्त गरेको छ भने कांग्रेस २० लाख २४ हजार ६ सय ७४ मतसहित पछ्याइरहेको छ ।
प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ ।
समानुपातिकको मतगणना भएदेखि नै अगाडिरहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ ।

पछिल्लो परिणामअनुसार एमालेले २१ लाख ९ हजार ८८ मत प्राप्त गरेको छ भने कांग्रेस २० लाख २४ हजार ६ सय ७४ मतसहित पछ्याइरहेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख १२ हजार १ सय ६७ मत, चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले २ लाख ६९ हजार ४ सय ६३ मत प्राप्त गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ११ हजार ९ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४० हजार ३ सय ३०, विवेकशील साझा पार्टीले १ हजार ३५ हजार ४ सय ७३, नयाँ शक्ति पार्टीले ५८ हजार ७ सय मत ल्याएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४६ हजार ८ सय ९१, राष्ट्रिय जनमोर्चाले ३५ हजार ५ सय ७६ मत ल्याएका छन् भने अन्य विभिन्न साना दलले २ लाख ६ हजार ८२ मत पाएका छन् ।
(Zolpidem)
प्रतिक्रिया