३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ
सारांश
- काठमाडौ साउन,३१।
- केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ गरेको छ ।
- उनीहरुलाई मङ्गलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताए ।
काठमाडौ साउन,३१। केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तुका ३८ थान दाह्रा र छ वटा नङ्ग्रासहित पाँच जना पक्राउ गरेको छ ।उनीहरुलाई मङ्गलबार राजधानीको गैरीगाउँबाट पक्राउ गरिएको प्रवक्ता सानुराम भट्टराईले बताए ।पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखुगाउँपालिका–९ का महेश राई, मिलन सुवेदी,प्रतिरोध सुवेदी तथा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–९ का पूर्णबहादुर तामाङ र मोरङको कानेपोखरी गाउँपालिका–२ का श्रवण चौधरीलाई ती आखेटोपहार सहित पक्राउ गरेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा महासन्धि, १९७५ विरुद्ध अपराध गरेकाले उनीहरु लाई पक्राउ गरेको प्रवक्ता भट्टराईले बताए,अभियुक्तहरु लाई आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया