उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
सारांश
- काठमाडौं ।
- सोेलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नं.
- ९बाट आफ्नो उज्वल भविष्यको लागि राजधानी (काठमाडौं)मा आएर विभिन्न तहमा अध्ययनरत तथा विभिन्न क्षेत्रमा आवद्ध युवा जमातको समूह ‘लोखिम एकता’को दोस्रो साधारणसभा तथा चौथो बार्षिक उत्सब सम्पन्न भएको छ ।
काठमाडौं । सोेलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नं. ९बाट आफ्नो उज्वल भविष्यको लागि राजधानी (काठमाडौं)मा आएर विभिन्न तहमा अध्ययनरत तथा विभिन्न क्षेत्रमा आवद्ध युवा जमातको समूह ‘लोखिम एकता’को दोस्रो साधारणसभा तथा चौथो बार्षिक उत्सब सम्पन्न भएको छ । काठमाडौंको कपन–स्थीत एक रेष्टुरेन्टमा कार्यक्रमको आयोजना गरी सभ्य रुपमा केक काटेर ‘लोखिम एकता समूह’को चौथो बार्सिक–उत्सब सम्पन्न गरिएको हो ।
‘लोखिम एकता समूह’ले यसै दोस्रो साधारण–सभाबाट नयाँ कार्यसमितिको चयन पनि गरेको छ । दुई वर्षको लागि यस समूहको अध्यक्षको रुपमा निर्मला राई, उपाध्यक्षमा लोक ब.राई, सचिवमा सरद राई, उप–सचिवमा बिकास राई, कोषाध्यक्षमा चर्ण कुमारी राई, सह–कोषाध्यक्षमा भिम ब.राई र सदस्याहरुमा कल्पना राई, बिश्वनाथ राई र रीता राई चयन भएका छन् ।
‘लोखिम एकता समूह’को दोस्रो साधारण–सभामा उपस्थित बिषेश अतिथिहरुले यस समूहले राम्रो कामको सुरुवात गरेको भन्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
स्थापनाकाल देखिनै यो समूहले सो क्षेत्रबाट काठमाडौंमा आएर आफ्नो उज्वल भविष्यको लागि संघर्षरत युवा जमातलाई एकिकृत गर्दै आर्थिक, बौद्धिक, शैक्षिक र सामाजिक क्षेत्रमा संलग्न गराँउदै आएको छ । स्थापनाकाल देखि अहिलेसम्म आईपुग्दा यस समूहले विभिन्न चरणहरु पार गर्दै सो क्षेत्रबाट काठमाडौंमा आएका सम्पुर्णलाई एकजुट भएर अगाडी बढ्ने प्रेरणाको काम गरेको छ । (सरद राई)
प्रतिक्रिया