उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
सारांश
- काठमाडौं, १५ असार ।
- नेपालमा बहुविवाह गर्नेलाई कानूनी सजाय दिइन्छ ।
- अब त झन “बहुविवाह” भन्ने शव्दलाई नै लोप गराउनुपर्ने तर्क उठिरहेको छ ।
काठमाडौं, १५ असार । नेपालमा बहुविवाह गर्नेलाई कानूनी सजाय दिइन्छ । अब त झन “बहुविवाह” भन्ने शव्दलाई नै लोप गराउनुपर्ने तर्क उठिरहेको छ । झन एउटै विवाह मण्डपमा कुनै दुलाहाले तीन जना युवतीसँग एकैसाथ विवाह गरे भने के होला ? हो, उदयपुरमा त्यस्तै भएको छ ।
यस्तो कुरा हाम्रो नेपालमा आजभोलि कल्पनासम्म गर्न सकिन्न । तर, भारतको राजस्थानमा उदयपुर भन्ने जिल्ला छ । उदयपुर जिल्लामा यस्तै अनौठो घटना भएको छ । एक जना पुरुषले एउटै मण्डपमा तीनवटी युवतीसँग बिवाह गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग एकसाथ विवाह गरेका छन् ।
पोलियोग्रस्त नक्काल एक जना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए उनी । त्यस्तै, अर्की युवतीसँग पनि ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । तेस्रो युवती चाहिँ उनकी प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी एक वर्ष अघिदेखि मात्रै लिभइन रिलेसनमा थिए । त्यस क्रममा तेस्रो प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।
समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आएकी थिइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपाङ्ग हुन् । पुनकी र कतुम्बाई दुबै जना नक्कालसँगै बस्दै आएका थिए । तर दुबै जनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिकासँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनेकी थिइन् ।
आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तीनैजना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे । आफूले आफ्नै ३ जना पत्नीहरुलाई खुशी राख्ने उनको भनाइ छ । आफूहरुको जीवन खुशीसाथ बितिरहेको उनले बताएका छन् ।
राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयौ वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया