सार्वजनिक भयो गायक बीरकृष्ण लावतको ‘म त होइन तिम्रो’ (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- गायक बीर कृष्ण लावतको ‘म त होइन तिम्रो’ पप गीतको भिडियो सार्वजनिक भएको छ ।
- दिनेश्वर तण्डुकारको शब्द तथा संगीतमा ‘म त होइन तिम्रो’ गीतलाई गायक लावतले आकर्षक आवाज दिएका छन् ।
काठमाडौं । गायक बीर कृष्ण लावतको ‘म त होइन तिम्रो’ पप गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश्वर तण्डुकारको शब्द तथा संगीतमा ‘म त होइन तिम्रो’ गीतलाई गायक लावतले आकर्षक आवाज दिएका छन् ।
युवा पुस्ताको लभस्टोरीलाई प्रस्तुत गर्ने गायक लावतको यो गीतमा उनी आफैले फिचरीङ पनि गरेका छन् । उनलाई अञ्जी निरौलाले साथ दिएकी छिन् भने सपोर्टिङ मोडलको रुपमा निर्जरा, सुजन, सेवन, सतुर्गन, सुशिल र श्रीले साथ दिएका छन् ।
गायक लावतको यो भिडियोलाई किरण श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् । गायक लावत नेपाली गीत संगीतको क्षेत्रमा धेरै लामो समय देखि आवद्ध हुँदै आएका छन् । उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए ।
https://www.youtube.com/watch?v=gXi5bWlQIkE&feature=youtu.be
प्रतिक्रिया