उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प

सारांश

  • काठमाडौं, ७ वैशाख- हिजो राति मलेसियाका लागि उड्न लागेको बिमान रनवेबाहिर पुगेपछि बन्द भएको बिमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।
  • राति साढे ११ बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै संचालनमा आउन नसकेको हो ।
  •   काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज राति रनवेभन्दा बाहिर पुगेर अड्किएको थियो ।

काठमाडौं, ७ वैशाख- हिजो राति मलेसियाका लागि उड्न लागेको बिमान रनवेबाहिर पुगेपछि बन्द भएको बिमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । राति साढे ११ बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै संचालनमा आउन नसकेको हो । 

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज राति रनवेभन्दा बाहिर पुगेर अड्किएको थियो । जहाजमा चढेका सबै यात्रुलाई शकुशल निकालिएको थियो ।

सबै अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन्। अन्यत्रबाट विमानस्थलमा अवतरणका लागि आउने विमानहरुलाई पनि फर्काइएको छ। आन्तरिक उडान भने एकतर्फी बिन्दु ९उत्तरतर्फको बौद्धक्षेत्र० बाट संचालनमा ल्याएको विमानस्थल स्रोतले जनाएको छ।

दुर्घटनाग्रस्त मलिन्दोको जहाज हटाउने प्रयास जारी रहेको र हटाएपछि मात्र उडान सञ्चालनमा आउने जनाइएको छ । जहाज ठूलो दुर्घटनाबाट जोगिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?