सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
१६
|
१९ पटक हेरिएको
Shares
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य

सारांश

  • यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि तपाईहरु तयार हुनुभएको हो ?
  • हामीले पटकपटक हामी सिन्डिकेटधारी होइनौँ भनेर भनेका छौँ ।
  • तर हामीलाई सिन्डिकेटको विल्ला लगाइयो ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्नका लागि तपाईहरु तयार हुनुभएको हो ?
हामीले पटकपटक हामी सिन्डिकेटधारी होइनौँ भनेर भनेका छौँ । तर हामीलाई सिन्डिकेटको विल्ला लगाइयो । सिन्डिकेट के हो भन्ने कुरामा संचारमाध्यम जानकार छैनन्, जसका कारण जनतामा पनि भ्रम छरियो । सरकारले पनि खुब ठूलो काम गरेँ भनेको छ, तर सिन्डिकेट भनेको के हो सरकारलाई पनि थाहा छैन । वास्तवमा हिजो पनि सिन्डिकट थिएन, आज पनि छैन र भोली पनि हुँदैन । वास्तविक रुपमा सिन्डिकेट कहाँ छ भन्ने कुरा पनि सरकारलाई थाहा छैन । जहाँ सिन्डिकेट छ त्यहाँको अन्त्य गर्यो भने हामी पनि स्वागत गर्छौँ ।

सरकारले त यातायात क्षेत्रको सिन्डिकेट तोडियो भन्दै छ त ?
हामीले १५ वर्षअघि देखि नै यातायात क्षेत्र व्यवस्थित बनाउन सरकारलाई आग्रह गर्दै आएका थियौँ । तर कुनै पनि सरकारले सुनेन ।

अहिले तपाईहरु सरकारसँग झुक्नुभएको हो ? आत्मसमर्पण गरिएको भन्ने टिप्पणी गरिएको छ नि ?
हामी सरकारसँग झुक्नुपर्ने परिस्थिती केही पनि छैन । तर सरकारले पञ्चायतकालमा पनि नअपनाइएको शैली अपनाएको छ । यो जनताको सरकार होइन, शोषक सरकार हो । सरकारले हाम्रो मौलिक अधिकारसमेत हनन हुने गरी हामीमाथि धरपकड गर्यो । हामीले वार्ता र छलफल गरौँ भनेर पाँच गते नै पत्रकार सम्मेलन गरेर २१ गते हाम्रो गाडी घर ग्यारेजमा थन्क्याउँछौँ भन्दा पनि सरकारले वार्तामा बोलाएन ।

यसपटक तपाईले हार्नुभएको हो ?
सरकारले जित्यो त हामीलाई के फरक पर्यो ? तर हामीले पनि हारेको छैन । किनकी हामीले कहिल्यै पनि गलत गरेका छैनौँ । अर्कोतिर हामीले सरकारलाई विश्वास गरेको थियौँ, त्यो त्रुटी रहेछ ।

तर सरकारको कदमलाई जनताले पनि साथ दिए नि ?
सरकारले जे भन्यो त्यही कुरा जनताले हो हो भन्दै आएका छन् । हामीले मिडियाका साथीहरुसँग समयमै कुरा राख्ने अवसरा पाएनौँ । त्यसैले अहिले सबै सरकारको पछि लागेका हुन् । सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो । तर समय वलवान हो, हामीले समय कुरिरहेका छौँ ।

यातायात समितिहरुको बैँक खाता रोकिएको छ । यसले तपाईहरुलाई कस्तो प्रभाव पार्छ ?
सरकारले त जे पनि गर्न सक्छ । सरकारभन्दा ठूलो को ? अब खाता रोकिएपछि आजदेखि सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । सडक दुर्घटना भयो भने विरामीको उपचार सरकारले गरिदिनुपर्छ । बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न सक्दैनौँ । हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।

तपाईको नेतृत्वको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ चुकेको हो ?
मेरो नेतृत्व चुकेको छैन । यही मिडियामा तपाईले नै भन्नुभएको थियो, तपाईहरुको कुरा ठिक छ । अहिले पनि हामी परीक्षणकालमा छौँ । नतिजा आउन बाँकी नै छ । जनताले हामीलाई पास गराउनेछन्, त्यो दिन कुरिरहेको छु । तर अब सरकारले जनतालाई सुविधा दिनुपर्ला नि ? हामी त हिजोदेखि मुक्त भयौँ । अब सरकारले हामीलाई यो भएन र त्यो भएन भन्ने दिन त सकियो नि ।

तपाईहरुको सम्पत्ति छानविन गर्ने सरकारको तयारी छ । यसमा तपाईहरुको धारणा के छ ?
गरोस् न । हामीले गलत गरेका छैनौँ भन्ने कुरामा हामी ढुक्क छाँै । तर जनतामाझ जे जति भ्रम फैल्याइएको छ, त्यो सबै विस्तारै यथार्थ थाहा हुँदैछ ।

अब यातायात क्षेत्र कस्तो हुन्छ ?
यो कुरा हामीसँग सोध्ने होइन । अब यसको जवाफ सरकारले दिन्छ । हामी त मुक्त भइसक्यौँ । तपाइहरुको भाषामा हामी सिन्डिकेटधारीले सरकारले जे भन्यो त्यो गरिसक्यौँ । आजदेखि तपाईहरुले हामीलाई फर्केर हेर्ने होइन । त्यो कुरा बुझ्नुहोला ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्माचार्यले व्यक्त गरेका विचार रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Udaya Niroula

    साला एकआद्मक सासनछलाउने डनहरुलाइ ठिक छ

    Comment Author

    Udaya Tulachan

    कर नतिर्ने त चोर हुन्।

    Comment Author

    Baba Ko Choro Sailo

    Teri MA daka

    Comment Author

    Bikranta Lama

    भ्रष्ट शोषक लुटेरा भुछ लाज पचेको

    Comment Author

    Bisweswor Prasad Koirala Koirala

    Yo maturuddi lai lat hannu parxa

    Comment Author

    Bijendra Kumar Rai

    Yo janata lutne khatarnaak don ho.

    Comment Author

    Kishor Pokharel

    Gohiko aasu ho ?

    Comment Author

    Hari Karki

    Timi Thaglai Janatale Ramro Chineka xan…Timra Pakhura Dekhara khane Jamana Gaya aba….

    Comment Author

    Pratap Bdr KC

    voli accident vayo vane sarkarle k gardo raexa kasari aagi baddo raexa

    Comment Author

    Kb Khadka

    हजुरहरूकाे एकाधिकारकाे परिणाम हाे याे

    Comment Author

    Bhavishwor Pandey

    Janata lutane lai ke fulmala lagaedinuparne ajha kambho jutako malalagaedinuparne.

    Comment Author

    Thapachhabiraj Thapa

    You Bullshet

    Comment Author

    Khagendra Hartamchhali

    Sala khatekati sal bata jantalai sewako nam ma kati luti rako thiyoahile naramroko kurogarxa

    Comment Author

    तिर्थ अभागी

    गधा लाई गधा कुकुर लाई कुकुर नभने के भन्ने त ?

    Comment Author

    Surya Shrestha

    जनताको रगत खानेहरुलाइ,सरकारले ठिक गरेको हो,कुनै डिजाइन गरेर फसाएको होईन ।

    Comment Author

    Om Shakya

    फुक्का भए भन्छ।।भनेपछी फुक्का गर्न त सरकारलाई समेत यस्तो गाह्रो बनाए भने अब नियममा वांध्न अझै गार्हो होला तर छाड्नु हुन्न।नियममा बाध्नै पर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?