डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
२० पटक हेरिएको
Shares
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी

सारांश

  • काठमाडौ, २६ पुस ।
  • डा.
  • गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला आएको छ ।

काठमाडौ, २६ पुस । डा. गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला आएको छ । फैसलामा डा. केसीलाई साधारण तारिखमा छोड्ने आदेश दिइएको छ । यता, डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको दावी गरेका छन् ।

फैसलामा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको बहसमा निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलगायतले बहस गरेका थिए । डा. केसीका तर्फबाट वरिष्ठ कानुन व्यवसायी कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल सिवाकोटी चिन्तनलगायतले बहस गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि सोमबार साँझ प्रहरीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको अनशनस्थलबाटै डा. केसीलाई पक्राउ गरेको थियो । एक वकिलले दिएको जानकारीअनुसार बयानका क्रममा केसीले प्रधानन्यायाधीश पराजुलीमाथि ११ वटा गम्भीर आरोप लगाएका छन् ।

पराजुलीले दुईवटा नागरिकता लिएको, उमेर सच्याएको, एसएलसी पास गरे नगरेकोमा आशंका रहेको, नातेदारलाई ६–७ महिनाको अवधिमा तीनपटक बढुवा गरेर रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएको जस्ता आरोप केसीले लगाएका छन् ।

लिखित वक्तव्यको अन्तिममा उनले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारण पराजुलीबाटै अदालतको अवहेलना भएको भन्दै कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?