उपसभामुखद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
उपसभामुखद्वारा राजीनामा

सारांश

  • काठमाडौं।
  • उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्।
  • उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्।

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्। उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्। त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।
बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन्दै आफूले सभामुखको उम्मेद्वार टुंगो लागेपछि राजीनामा दिएको बताइन्।
आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेपछि उपसभामुखले राजीनामा दिएकी हुन्।
यसअघि आफूलाई नै सभामुख नबनाएसम्म राजीनामा नदिने अडानमा रहेकी उपसभामुखसँग आइतबार प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। प्रधानमन्त्रीले राजीनामा दिएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्छ।

नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा उपसभामुखले राजीनामा दिएकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति
यी हिरोइन होइनन् १७ वर्षको उमेरमै जोडिन् करोडौंको सम्पत्ति
चार बजे मन्त्रिपरिषद बैठक बस्दै
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

तपाईंले छुटाउनुभयो कि?