उपाधि जितेर स्वदेश फर्कियो क्रिकेट टोली

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
उपाधि जितेर स्वदेश फर्कियो क्रिकेट टोली

सारांश

  • थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम आज नेपाल फर्किएको छ ।
  • विजेता टिमका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।
  • प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको बताउँदै टिमले उपाधि रक्षा गर्नु ठूलो चूनौती रहेको बताउँदै त्यो पुरा गरेर फर्किएको र सम्पुर्णरुपमा यो पटकको यात्रा एकदमै फलदायी भएको बताए ।

थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम आज नेपाल फर्किएको छ । विजेता टिमका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।

प्रशिक्षक बसन्त शाहीले युवा खेलाडीमा राम्रो क्षमता रहेको बताउँदै टिमले उपाधि रक्षा गर्नु ठूलो चूनौती रहेको बताउँदै त्यो पुरा गरेर फर्किएको र सम्पुर्णरुपमा यो पटकको यात्रा एकदमै फलदायी भएको बताए । प्रशिक्षक बसन्तले दोस्रो पटक यू–१६ टिमलाई सम्हालेका थिए ।

नेपाली टिमका कप्तान विशाल विक्रम केसीले यो प्रतियोगिताबाट युवा खेलाडीमा रहेको क्षमता देखिएको बताए । साथै उनले उमेर समूहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेका बेला अन्तराष्ट्रिय स्तरमा जुन तहको प्रदर्शन भयो त्यसबाट आफmुहरु निकै सन्तुष्ट देखिएको उनले बताए ।

नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई हराउँदै उपाधि माथि कब्जा जमाएको हो । प्रतियोगितामा नेपाल मात्रै एक्लो अपराजित टिम बन्न सफल भएको थियो । नेपाल बलिङ, ब्याटिङ र फिल्डिङ तीन पक्षमा अन्य मुलुकका टिमभन्दा बलियो रहेको थियो ।

स्वदेश फर्किए लगत्तै टिमा रहेका खेलाडीहरुले बुधबारट सुरु हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?