आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
५१ पटक हेरिएको
Shares
आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

सारांश

  • काठमाडौं।
  • आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ।
  • कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

काठमाडौं। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन्। आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो
युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो
वन्यजन्तुको चोरी शिकार वृद्धि
वन्यजन्तुको चोरी शिकार वृद्धि
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव
हलिवुड निर्माता हार्भी वाइन्सटिन  बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोणले किन भाेट हालेनन्?
गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!
गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
आइपीटीले एकैसाथ ल्यायो नुबिया ब्राण्डका ४ स्मार्टफोन
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…
जेलबाट भागेका कैदीले राजमार्गमा पुगेर पुलिसकै गाडीमा लिफ्ट मागेपछि…