उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ४, २०७३
|
|
१५३ पटक हेरिएको
Shares
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!

सारांश

  • काठमाडौंः लोडसेडिङ अन्त्य तथा नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणमा अवरोध पुर्‍याएको भन्दै तीन सञ्चालकलाई ऊर्जा मन्त्रालयले आइतवार बर्खास्त गरेको छ।
  • नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सिफारिसमा पऊर्जामन्त्री जनार्दन शर्माले सञ्चालकहरु मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई वर्खास्त गरेका हुन् ।
  • प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको विषयमा प्राधिरकण सञ्चालक समितिले सोधेको स्पष्टिकरणको चित्त बुझ्दो र उचित जवाफ नदिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ।

काठमाडौंः लोडसेडिङ अन्त्य तथा नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणमा अवरोध पुर्‍याएको भन्दै तीन सञ्चालकलाई ऊर्जा मन्त्रालयले आइतवार बर्खास्त गरेको छ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सिफारिसमा पऊर्जामन्त्री जनार्दन शर्माले सञ्चालकहरु मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई वर्खास्त गरेका हुन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको विषयमा प्राधिरकण सञ्चालक समितिले सोधेको स्पष्टिकरणको चित्त बुझ्दो र उचित जवाफ नदिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ।

बर्खास्त गरिएका सञ्चालकहरुले प्राधिकरणको सुधार प्रक्रिया अघि बढाउने काममा कुलमान र ऊर्जामन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप लगाइएको थियो ।

गत मंसिर १० गते बसेको नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकमा नयाँ जलविद्युत परियोजना कम्पनी मोडलमा निर्माण गर्ने र विद्युत व्यापार कम्पनी स्थापना गर्ने प्राधिकरणको प्रस्तावलाई पास गर्न नदिएको आरोप उनीहरुमाथि थियो ।

सोही कारण ऊर्जा मन्त्रालयले तीनैजनालाई लिखित स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणका लागि पठाइएको पत्र पनि उनीहरुले बुझेका थिएनन् ।

त्यसपछि मन्त्रालयले उनीहरुलाई सोधिएको स्पष्टिकरणबारे दैनिक पत्रिकामा सूचना निकालेको थियो । पत्रिकामा सूचना प्रकाशित भएको आधारमा उनीहरुले पत्र बुझेर स्पष्टिकरण पेश गरेका थिए ।

प्राधिकरण सञ्चालक समितिबाट हटाइएका उनीहरुले कुलमानले नेपालका आयोजना निर्माण नगरी जलविद्युतमा नेपाललाई भारतनिर्भर गराउन खोजेको आरोप लगाएका थिए ।

सञ्चालकमध्येका एकजना सुरज लामिछानेले कुलमानका कारण लोडसेडिङ नघटेको बताउँदै नेपालमै पर्याप्त उत्पादन भएको र भारतबाट पनि धेरै बिजुली आयात गरिएकाले लोडसेडिङ घटेको उनले दाबी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !
राेमाञ्चक खेलमा नेपालकाे जित, राेहित बने नाएक !
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
एशियन कप छनोट फुटबलमा नेपाल पराजित
एशियन कप छनोट फुटबलमा नेपाल पराजित
१४ फ्रेबुअरीमा  सत्य प्रेम
१४ फ्रेबुअरीमा सत्य प्रेम
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
नेपालले नगरेको गल्तीको सजाय भोग्दै : राष्ट्रपति भण्डारी
काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….

तपाईंले छुटाउनुभयो कि?