टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो

सारांश

  • काठमाडौं।
  • सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् ।
  • प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् ।

काठमाडौं। सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् । प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् ।

टिकट पाउनेमा ढुक्क भएपनि गठबन्धनका प्रभावशाली नेताहरुलाई चुनाव सजिलो छैन । तीन दशकभन्दा लामो समययता एकै अनुहार देखेकाले मतदाता असन्तुष्ट छन् ।

विशेषगरी नयाँ पुस्ता नयाँ अनुहारको खोजीमा देखिन्छ । चुनावमा नयाँ अनुहार अगाडि आउन सजिलो भने छैन । पुराना अनुहारहरु अझै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् ।

प्रभावशाली नेताहरु टिकटमा ढुक्क भएपनि चुनाव जित्ने सुनिश्चितताका लागि तालमेल र गठबन्धनमा जोडबल गरिरहेका छन् । तर, टिकट पाउने सुनिश्चित नभएपछि पछिल्लो पुस्ता तालमेलको विरोधी देखिएका छन् ।

विशेषगरी नेपाली काँग्रेसभित्र तालमेलको चर्को विरोध गर्नेमा तेस्रो र चौंथो पुस्ताका नेताहरु बढी देखिएका छन् । उनीहरुका लागि तालमेलले टिकट नै मुश्किल गरिदिने सम्भावना छ ।

एकातर्फ, चुनाव जित्न प्रभावशाली नेताहरु तालमेलमा जोड दिइरहेका छन् । अर्कोतर्फ, टिकट नपाउँदा पाँच वर्ष राजनीतिमा पछि परिने निश्चित हुने र भविष्यसम्म धकेलिने भएकाले विद्रोहका स्वरहरु पनि सुनिन थालेका छन् ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?