जब समुद्र जीव-वैज्ञानिकको घरभित्र सील प्रवेश गर्‍यो…

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
जब समुद्र जीव-वैज्ञानिकको घरभित्र सील प्रवेश गर्‍यो…

सारांश

  • बीबीसी।
  • जेन रोसले न्यूजील्यान्डस्थित आफ्नो घरमा फर्केपछि ग्यारेजमा राखिएको ठाउँभन्दा अन्यत्रै सारिएको अवस्थामा केही बाल्टिनहरू देखिन्।
  • उनले ठानिन्- सायद उनको घरपालुवा बिरालो कोकोले चरा ल्याएको हुनसक्छ।

बीबीसी। जेन रोसले न्यूजील्यान्डस्थित आफ्नो घरमा फर्केपछि ग्यारेजमा राखिएको ठाउँभन्दा अन्यत्रै सारिएको अवस्थामा केही बाल्टिनहरू देखिन्। उनले ठानिन्- सायद उनको घरपालुवा बिरालो कोकोले चरा ल्याएको हुनसक्छ।

तर जब बैठक कोठामा प्रवेश गरिन् उनले त्यहाँ सील फेला पारिन्। उक्त वयस्क जीव समुद्रबाट करिब १५० मिटर टाढा माउन्ट मोङ्गानुईस्थित उक्त घरमा प्रवेश गरेको थियो। त्यो जीव बिरालोलाई आवतजावत गर्न बनाइएका दुईवटा ठेल्दा खुल्ने खालका साना ढोकाहरूबाट भित्र छिरेको थियो।

र, सम्भवतः त्यो कोको नामको बिरालोको खोजीमा त्यहाँ गएको थियो। रोसका पति फिल समुद्र जीव-वैज्ञानिक हुन्।

उक्त सील घरमा प्रवेश गरेका बेला घरमा हुनसक्ने एकमात्र व्यक्ति भए पनि उनी त्यसबेला घरमा थिएनन्। आफ्नो उत्साहित हुने मौका गुमाएकोमा पछुताएको बताउँदै उनले बीबीसीसँग भने, “ठूलो ठट्टा के हो भने यो सम्भवतः एउटा पारिवारिक आपत्काल हो र त्यस्तो बेलामा त्यहाँ समुद्री जीव-वैज्ञानिक उपस्थित हुनु उपयोगी हुनेछ, अनि म त्यहाँ थिइनँ।”

केही तस्बिरहरू लिइएपछि ओस्कर उपनाम दिइएको उक्त सीललाई संरक्षण विभागले लगेर समुद्रमा छाडिदियो। फिल रोसले उक्त सील करिब १० महिनाको हुनसक्ने बताए र उनले उक्त सीललाई “किशोरकिशोरी”सँग तुलना गरे।

उनका अनुसार यस्तो उमेरमा सीलले खराब निर्णय लिन सक्छ। त्यस्ता कुरामा खराब मौसममा पौडी खेल्न बाहिर जानु र त्यसपछि आराम गर्न भित्री भागमा फर्किनु जस्ता क्रियाकलापहरू रहेका छन्। यद्यपि न्यूजील्यान्डको समुद्री तटहरूमा ‘फर सील’हरू फेला पर्नु सामान्य हो। तर ती क्षेत्रका बाटो र सडकसम्म पुगे पनि सीलहरू घरमा प्रवेश गरेको सुन्नु असामान्य कुरा भएको फिलको भनाइ छ।

उक्त सील बुधवार स्थानीय समय अनुसार बिहान ७ बजे घरभित्र भेटिएको थियो। त्यसबेला जेन रोस आफ्नो व्यायाम कक्षाबाट फर्केकी थिइन्। उनले आफ्ना दुई छोराछोरी १२ वर्षीय नोह र १० वर्षीया एरीलाई ओस्कर हेर्नका लागि जगाइन्।

तर उनीहरूले टाढैबाट मात्र त्यसलाई हेरेको एरीले बताइन्। उक्त सीलले रोस परिवारको घरपालुवा बिरालोलाई तर्साएपछि उक्त बिरालो छिमेकीको घरमा पुगेको थियो। उक्त सीलले घरमा खासै केही बिगार नगरेको जेन रोसले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?