रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
रोकिएको ‘भद्रगोल’ जिग्री र पाँडे बिना पुन प्रशारण हुने

सारांश

  • काठमाडौं।
  • नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हाँस्य सिरियल हो, –‘भद्रगोल’ ।
  • यसले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो।

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हाँस्य सिरियल हो, –‘भद्रगोल’ । यसले छोटो समयमै टेलिभिजन र युट्युबमा राम्रो दर्शक कमाएको थियो। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल(जिग्री)को लेखन निर्देशनमा ‘भद्रगोल’ प्रशारण हुँदै आएको थियो।तर, लोकप्रिय यो सिरियलको सम्पूर्ण राइटस भने मिडिया हवसंग छ । पाँडे–जिग्री लगायतका कलाकारहरुले विगतदेखि नै एउटा सर्जकले सिर्जना गरेको सम्पूर्ण अधिकार सर्जकमै हुनुपर्छ भनेर निरन्तर पहल गर्दै आएका थिए तर, अधिकार पाउन पाउन सकेका थिएनन्। यहि कारण पनि गत साउनबाट ‘भद्रगोल’ प्रशारण रोकिएको थियो।

अन्नतः पाँडे, जिग्री, बले, रक्षा लगायत कलाकारहरुको टिमले नै ‘भद्रगोल’ छोडेका छन्। अर्जुन घिमिरेले डिसी नेपालसंग कुरा गर्दै आफूहरुको टिमले नै ‘भद्रगोल’ छाडेको बताए।उनले भने,– ‘हामीले सिर्जना गरेको ‘भद्रगोल’ब्रान्डको राइटस् हामीसंग नभई मिडियाहबले हामीलाई नसोधी दर्ता गरेको छ। हामीले पाउनुपर्ने पैसा आजको दिनसम्म चुक्ता भएको छैन्। त्यसैले यस्तो अवस्थामा काम गर्न सक्दैनौ भनेर हामी सबैले छाडयौं ।’

‘भद्रगोल’ टिमले माग्यो दर्शकसंग सुझाव: यो अवस्थामा हामी के गरौं ?
उनीहरुको टिमले छाडेसंगै आज शुक्रबारबाट रोकिएको ‘भद्रगोल’ नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुनेछ। ज्योति काफ्ले र अशोक धितालले ‘भद्रगोल’लाई निर्देशन गर्नेछन्।निर्देशक ज्योतिले सामाजिक सञ्जाल फेसबुकबाट आज शुक्रबारबाट सिरियल प्रशारण हुने जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन
कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन
भरतपुर विमानस्थल १० दिनका लागि बन्द
भरतपुर विमानस्थल १० दिनका लागि बन्द
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित
कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,

तपाईंले छुटाउनुभयो कि?