सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सरोज खनालले बुझाए एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक

सारांश

  • काठमाडाै, २५ कात्तिक ।
  •    चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक हस्तान्तरण गर्नुभएको छ ।
  • अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गर्नु भएको हो।

काठमाडाै, २५ कात्तिक ।   चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया को चेक हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई प्रदान गर्नु भएको हो।कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सस्कृति कार्यक्रम बाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठ मार्फत आफुलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्ति बाट पनि केहि रकम सहयोग भएको हुदा यस गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पौड खुसि लागेको बताउनु भयो ।कार्यक्रममा खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै शिक्षा भन्दा ठुलो केहि नहुने भन्दै यस केन्द्र ले यसरी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा अध्यक्ष केपी किरण शर्मालाई धेरै धेरै धन्यवाद दिदै फेरी फेरी सहयोग गर्ने समेत बताउनु भयो ।

गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँ सम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धेरै धेरै धन्यवाद दिनु भयो।अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्र बाट करिब ४०० भन्दा बढी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको बताउनु भयो ।

कार्यक्रममा स्कुल हेडमास्टर राम बहादुर थापा मगर ,समाजसेबी हरि केसी,पत्रकार रबि रोजी लगायतको उपस्थिति रहेको थियो ।सो कार्यक्रममा चेपाङ्ग बालबालिकाले उपस्थिति सबैलाई आफ्नो समुदायको निकै मार्मिक गीत सुनाएका थिए।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि  ;; राप्रपा
सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि ;; राप्रपा
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
बृहत् योग शिविर शुरु
बृहत् योग शिविर शुरु
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
प्युठानमा अखिलका नेता माथी हातपात
प्युठानमा अखिलका नेता माथी हातपात
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?
राष्ट्रपति निर्वाचनः माओवादीले १० पुसको सहमति पालना गर्ला ?

तपाईंले छुटाउनुभयो कि?