प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा

सारांश

  • पाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा आगजनी गरेको छ।
  • राजधानीको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको हो।
  • नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीका अनुसार केन्द्रीय समितिको निर्णय अनुसार शनिबार सडकमा भेटिएका सरकारी गाडीमा आगजनी भएको हो।

पाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरका विभिन्न स्थानमा सरकारी गाडीमा आगजनी गरेको छ। राजधानीको बुद्धनगरमा बा १ झ ७७१५ नम्बरको गाडीमा आगजनी गरेको हो।

नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीका अनुसार केन्द्रीय समितिको निर्णय अनुसार शनिबार सडकमा भेटिएका सरकारी गाडीमा आगजनी भएको हो।

नेविसंघले शनिबार राजधानीसँगै कास्की, बाँके र धनकुटामा सरकारी गाडीमा आगजनी गरेको छ।

आगजनीमा संलग्न नेविसंघका १३ कार्यकर्ता पक्राउ परेका छन्। त्रिपाठीका अनुसार कास्कीका निवर्तमान  जिल्ला अध्यक्ष पर्शुराम बस्नेतसहित पाँजना कार्यकर्ता पक्राउ परेका छन् भने बाँकेमा जिल्ला अध्यक्ष पूर्ण आचार्यसहित तीनजना पक्राउ परेका छन्।

त्यसैगरी धनकुटामा जिल्ला अध्यक्ष बालानन्द पौडेलसहित पाँचजना पक्राउ परेका छन्। राजधानीबाट भने प्रहरीले आगजनीमा संलग्न कसैलाई पक्राउ गरेको छैन।

नेविसंघले राजधानीका केही स्थानबाट भने सरकारी गाडीको चाबी खोसेर राखेको छ। शंकरदेव क्याम्पस अगाडि, त्रिपुरेश्वर र लाजिम्पाट क्षेत्रबाट केही गाडीको चाबी खोसिएको त्रिपाठीले जानकारी दिए।

(https://rentalsfloridakeys.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?