गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
४५ पटक हेरिएको
Shares
गजुरेलको गर्जन : हिजोको घट्ना दोहोर्याए सरकारको खैरियत छैन्

सारांश

  • कालापानीबाट भारतीय सेना हटाउने उद्घोष काठमाडौं, १४ पुष ।
  • नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् ।
  • सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

कालापानीबाट भारतीय सेना हटाउने उद्घोष
काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गजुरेलले हिजो सिमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘हिजोको घट्ना पूर्व अनुमानभन्दा बाहिरको घट्ना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्ध लाठी चार्ज भयो । हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बmुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएका थियौं ।’
गजुरेलले हनुमानस्थान् परिसरबाटै आफूहरुमाथि धरपकड भएको सुनाए । उनले भने,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए । हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो । हामीले पनि उहाँलाई भन्यौं, माथिको आदेश दिने मान्छे को रैछ ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो । अन्धधुन्ध लाठीचार्ज गर्दा ८ जनाभन्दा बढि घाईते भए ।’

उनले हिजो घटेको घट्ना प्रायोजित थियो भन्ने दाबी गरे । नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले सुनाए । गजुरेलले भने,‘भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमी राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ, संस्था, बौद्धिक व्यक्तिहरु, ख्याँतिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरी यो विषयलाई उठायौं । सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला ? हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’

हिजोको घट्नालाई लिएर सामाजिक सञ्जाल तथा मूलधारका मिडियामा राम्रो कभरेज भएको पनि उनले सुनाए । गजुरेलले भने,‘हिजोको कदमले मुलुकमा ध्रुवीकरण पैदा गरेको छ । यो गम्भिर खतराको कुरा हो । देशको सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ । अनि देशभक्तहरुमाथि नै किन दमन गरियो ? हामीमाथि नै लाठी चार्ज भयो ।’

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको उनको गुनासो छ । उनले भने,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए । हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं । तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो ।’ भारतले नेपाली भूमी मिचेर आफ्नो नक्शा जारी गर्दा नेपालले भने आफ्नो नक्शा पनि जारी गर्न नसकेको उनको आरोप छ । उनले भने,‘सरकारले आफूले गर्नुपर्ने कामपनि गरेन ।’ उनले नेपालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भनेर चर्चा गरिएको सुनाउँदै देशको संविधानमा निशान छाप नै भारतीय नक्शाको डुप्लिकेट रहेको टिप्पणी गरे । उनले भने,‘लिम्पियाधुराको चुच्चो नै गायब छ । यो त हद भयो ।’

गजुरेलले मुलुकमा यतिवेला महँगी, भ्रष्टाचार, दमन, अत्याचार विद्यमान हुँदाहुँदैपनि सबै कुरा सहेर सरकारलाई पनि साथमै लिएर राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाएको बताए । उनले भने,‘हामी त नक्शा बनाउन सक्छौं । तर, के गर्नु हामीले बनाएको नक्शा बैद्य हुँदैन् । सरकारले जारी गर्दा पो बैद्य हुन्छ ।’

उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीको लेभलमा किन वार्ता भएन ? मोदी र ओलीबीच वार्ता हुनको लागि के ले रोक्छ ? किन लापरवाही ? हिजो जनकपुरमा मोदीजी आउँदा राजस्थानी लुगा लगाएर भेट्न गएको होईन ?’ उनले आफूहरुले मोदीलाई भेटेर नहुने भन्दै सरकारले यो काम गर्नुपर्ने सुझाव दिए । उनले सरकारको क्रियाकलाप हेर्दा सरकार फाँसिवादतर्फ जान लागेको टिप्पणी गरे । उनले भने,‘हिजो हामीलाई पक्राउ गरिएपछि पक्राउ परेका हाम्रा महासचिव परी थापाजीले रक्षामन्त्रीलाई फोन गर्नुभयो, किन यस्तो प्रहरी ज्यादती भनेर सोध्दा उहाँले तपाईहरुलाई अब सरकार फाँसिस्ट भयो भन्न सजिलो भयो भनेर भन्नुभयो ।’

उनले आफूहरुको लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको सुनाए । उनले भने,‘हाम्रो लागि देश ठूलो कुरा हो । राष्ट्रिय स्वाधिनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्देश्य हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो भनेर भन्न पाईँदैन् ? यसो भन्दा हामीले के अपराध गर्यौं ?’ माईतीघर मण्डलामा पुषको जाडोमा सर्लाहीका उखु किसानहरु आन्दोलित भएको सुनाउँदै उनले वर्तमान सरकारलाई त्यो सुन्ने धैयर्ता नभएको जिकिर गरे ।

एमसीसीबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आईपिएसको अंग भए नस्विकार्ने भनेर सार्वजनिक रुपमै बोलेको अवस्थामा अमेरिकाले एमसीसी आईपिएसको अंग भएको बताएपछि अहिले प्रचण्ड चुप भएको बताए । उनले भने,‘प्रचण्डबाबु किन चुप भए ? अमेरिकाले एमसीसी आईपिएसको अंग भनेपछि उहाँको बोली नै बन्द भयो ।’ नेपाले अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ ।

उनले नेपाल अमेरिकी फौजी रणनीतिमा सामेल भए नेपाललाई केही पनि फाईदा नहुने जिकिर गरे । उनले भने,‘अहिले देश संकटको घडीमा छ । हामी त्यही भएर सडक संघर्षमा उत्रिएका हौं ।’ उनले राष्ट्र बचाउने अभियानमा नेपालको मिडियाबाट जति सहयोग हुनुपर्ने अपेक्षा थियो त्यति नपाएको उनको गुनासो छ ।

उनले आफूहरुले राष्ट्र जोगाउने आन्दोलन सुरु गरिसकेको पनि बताए । उनले भने,‘गणतान्त्रिक अधिकार प्राप्त गर्नको लागि हामीले आन्दोलन सुरु गरिसकेका छौं । यसमा हामीलाई सहयोग गर्नुहोस् । नेपाललाई विदेशीको रणभूमी हुनबाट जोगाउनुपर्छ । हामी सबै एकजुट भएर लाग्यौं भने कालापानीबाट भारतीय सेना हटाउन सक्छौं ।’ उनले देश बचाउने आन्दोलन गर्दा हिजोको घट्ना दोहोर्याए वर्तमान सरकारको खैरियत नभएको चेतावनी दिए । उनले भने,‘हिजोको घट्ना दोहोर्याए यो सरकारको खैरियत छैन् ।’

कार्यक्रममा मोर्चाका महासचिव परी थापा, सचिवालय सदस्य दिपक शाही, पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
बजेट कार्यान्वयनका लागि आवश्यक तयारी गर्न प्रमुख सचिवको निर्देशन
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ :  गृहमन्त्री श्रेष्ठ
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
पत्रकार मिश्रको निधनले स्तब्ध
पत्रकार मिश्रको निधनले स्तब्ध
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
प्रचण्डको स्पीड तीव्र, माधव नेपाल र वामदेव गौतमसँगको भेट बाक्लियो