सिमावर्ती भारतिय बजारका क्लिनीकका कारण नेपालीको ज्यान जोखिममा
सारांश
- सिमावर्ती भारतिय बजार पानीटंकीमा खुलेका स्वास्थ्य क्लिनीकहरुका कारण नेपाली नागरिकको जीवन जोखिममा परेको रहस्य सार्वजनिक भएको छ ।
- आज एक पिडितले पत्रकार सम्मेलन गरी आफु भारत पानीटंकीको माँ पाथिभरा आर्युबेदिक क्लिनीकबाट ठगिएको बताए पछि सिमावर्ती क्षेत्रका नेपालीहरु भारतीय बजारमा खुलेका क्लिनीकबाट ठगीने गरेको रहस्य खुलेको हो ।
- झापा शिवसताक्षी नगरपालिका वडा नंं १० दोमुका बस्ने ४४ बर्षिय जयनारायण योगीलाई पायल्सको उपचारका लागि गरिदिने भन्दै भारत पानीटंकीको माँ पाथिभरा आर्युबेदिक क्लिनीकले झण्डै ज्यान लिएको स्वयम पिडीत योगीले आज पत्रकारहरुलाई बताउनु भएको छ ।
सिमावर्ती भारतिय बजार पानीटंकीमा खुलेका स्वास्थ्य क्लिनीकहरुका कारण नेपाली नागरिकको जीवन जोखिममा परेको रहस्य सार्वजनिक भएको छ । आज एक पिडितले पत्रकार सम्मेलन गरी आफु भारत पानीटंकीको माँ पाथिभरा आर्युबेदिक क्लिनीकबाट ठगिएको बताए पछि सिमावर्ती क्षेत्रका नेपालीहरु भारतीय बजारमा खुलेका क्लिनीकबाट ठगीने गरेको रहस्य खुलेको हो ।
झापा शिवसताक्षी नगरपालिका वडा नंं १० दोमुका बस्ने ४४ बर्षिय जयनारायण योगीलाई पायल्सको उपचारका लागि गरिदिने भन्दै भारत पानीटंकीको माँ पाथिभरा आर्युबेदिक क्लिनीकले झण्डै ज्यान लिएको स्वयम पिडीत योगीले आज पत्रकारहरुलाई बताउनु भएको छ । भारतका क्लिनीकका एजेण्टले आफुलाई पानीटंकी पुर्याएको र उपचार गर्ने भनेर पैसा मात्र लिएको तर आफ्नो उपचार नगरेको बताउनु भएको छ ।
योगी गत कार्तिक २० गते अन्तिम अवस्थामा बिर्तामोड स्थीत बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याई पुर्याएको र तत्काल आईसियुमा राखेर उपचार गरिएको डा रोहितकुमार यादबले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
निक्कै रगत बगिरहेको अवस्थामा बिएण्डसी अस्पताल ल्याईएका योगीलाई अस्पताल ल्याउन केही समय ढिलो भएको भए बचाउन नसकिने डा यादबले बताउनु भयो । अत्यन्तै कठिक अवस्थामा बिरामी ल्याएको थियो तर हामीले कोषिश गर्यौं र आज वहा ठिक हुनु भएको छ डा यादबले भन्नु भयो ।
पायल्सको उपचारका लागि नयाँ प्रबिधि आईसकेको भए पनि सस्तोको नाममा पुरानै शैलीको उपचार पद्धतीका कारण धेरै नेपालीको ज्यान जोखिममा रहको डा यादबले बताउनु भयो । डा यादबका अनुसार अप्रेशन प्रति नेपालीहरुको अहिले पनि सकारात्मक धारणा नभएका कारण बिना अप्रेशन उपचार हुन्छ भन्ने भ्रममा परेर पानीटंकी लगायत भारतका बिभिन्न स्थानमा खुलेका क्लिनीकहरुमा जाने गरेका छन ।
प्रतिक्रिया